सुखी निजामती, समृद्ध नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुखी निजामती, समृद्ध नेपाल


क्षितिज दाहाल

२२ माघ २०७५, मंगलबार


सुखी निजामती, समृद्ध नेपाल

‘सुखी नेपाली समृद्ध नेपाल’ संघीयताको मूल आधार हो । यो नारा मात्र हैन संघीयताको विजय हो । यो क्षणिक हैन निरन्तरताको क्रमगत रूप हो । यो आवेग हैन बुद्धिमत्ता हो । यो बोझ हैन प्रक्रिया हो । यो एक्लो हैन, सबैको हो । यो अवसर मात्र हैन, युगान्तर रहने इतिहास हो । यो सोच मात्र हैन कार्य हो । यो कार्य मात्र हैन नियम हो । यो नियम मात्र हैन व्यवहार हो । यो नीति निर्माण मात्र हैन कार्यान्वयन हो । यो नेता मात्र हैन कर्मचारी हो । यो कर्मचारी मात्र हैन उद्यमी हो । यो उद्यमी मात्र हैन मजदुर हो । यो मजदुर अटाउने अन्नतः जनता हो । यो परदेशी हुँदै हैन, स्वदेशी हो । यो विदेश हैन नेपाल हो । यो डलर हैन गर्व गर्ने नेपाली रुपैयाँ हो । यो विरोध हैन विकास हो । यो अवरोध हैन निकास हो । यो बिखण्डता हैन एकता हो । यो त्याग हैन आनन्द हो । यो मैले हैन हामीले हो । यो सत्ता हैन व्यवस्था हो । यो नशा हैन बानी हो । यो कालखण्ड हैन समय हो । यो मौका हैन अवसर हो । यो हार हैन जीत हो । यो असफल हैन सफल हो । यो युग हो । यो युगान्तकारी फड्को हो । यो विश्व जगतको दृष्टिकोण हो । यो शब्द हैन आवाज हो । यो आवाज हैन चेतना हो । यो चेतना मात्र हैन शिक्षा हो ।

जननी जन्म भूमिश्च स्वर्गादिपी घरायसी ।  म देश र जनताप्रति इमानदार र बफादार भएर काम गर्छु । भिन्नता भए पनि सोच एउटै हो । कुरा फरक परे पनि देश एउटै हो । बाटो फरक परेपनि गन्तव्य एउटै हो । “रातो र चन्द्र सूर्य होस” या “सयौँ थुँगा फुलका हामी” भाव एउटै हो । सरकार होस् या प्रतिपक्ष राज्य एउटै हो । दिन होस् या रात समय एउटै हो । नेता होस् या कार्यकर्ता चाहना एउटै हो । जनता होस् या कर्मचारी मित्रता एउटै हो । यो भ्रष्टाचार हैन वृत्ति विकास हो । यो कमिसन हैन गुणस्तर हो ।

यो सुखी नेपाली समृद्ध नेपाल मात्र हैन सुखी निजामती समृद्ध नेपाल पनि हो । यो समायोजन प्रक्रियाको सुरुवाती निराशा हैन अन्त्य हर्षोल्लास हो । यो सरुवा हैन चक्रीय प्रणाली हो । यो चलखेल हैन विश्वास हो । यो झुट हैन सत्य हो । सत्य तितो हुन्छ । सत्य यथार्थ हुन्छ । सत्य सापेक्ष हुन्छ । हृदय शुद्ध हुन्छ । नेता होस् या कर्मचारी यो मन मुटाव हैन आत्मीयता हो । यो कठोरता हैन स्वतन्त्रता हो । यो अधिकार मात्र हैन कर्तव्य पनि हो । यो सर्वोपरि जनता हो । यो सम्मानपूर्वक बाच्न पाउने हक को समृद्विगत रूप सुखी पूर्वक बाच्न पाउने हक हो हरेक जनताको । हरेक नेताको । हरेक कर्मचारीको । देश समृद्धको पहिलो आधार सुरक्षा हो । सुरक्षा प्रतिभूत गराउने खम्बा कर्मचारी हो ।

कर्मचारीको सुरक्षा पहिलो सर्त हो । कानुनी राज्य सर्वसुलभ हो । ठुलो सानो पद हो । विकास र परिवर्तन आँट हो । एक थुक सुक हो, सयौँ थुक नदी हो । तलब नुन हो । परिवार आवश्यकता हो । गाँस, बास, कपास अनिवार्य सर्त हो । उच्च शिक्षा फड्को हो । सुख सुविधा कर्मचारीको आवश्यकता हो । अर्थ इच्छा हो । अर्थ नियम हो । नियम राष्ट्रियता हो । कानुन भगवान् हो । कानुनको परिपालन असल शासन हो । शासनद्वारा कानुनको समय सापेक्ष परिवर्तन सत्य आन्दोलन हो । सत्य आन्दोलन समझदारी हो । आन्दोलन शान्त हो रिस होइन । आन्दोलन अहम हैन वार्ता हो । कर्मचारी सह–सचिव मात्र हैन, खरिदार सुब्बा पनि हो । कर्मचारी खरिदार सुब्बा मात्र हैन मुख्य सचिव हो । कर्मचारी सङ्घको मात्र हैन स्थानीय, प्रदेशको हो । कर्मचारी स्थानीय, प्रदेशको मात्र हैन सङ्घको हो । कर्मचारी अफिसमा नियम हो, बाहिर बिचार हो । विचार ब्रह्माण हो । ब्रह्माण विज्ञान हो । विज्ञान तथा प्रविधि विश्व हो । विश्व सानो हो, देश ठुलो हो ।

खुल्ला विश्वविद्यालय शिक्षा हो । खुल्ला पारदर्शिकता राजनीति हो । खुल्ला नीति कर्मचारीको भविष्य सुरक्षा हो । सूक्ष्म अवलोकन अख्तियार हो । हतकडी कानुन हो । भ्रष्टाचार घटाउनु उपाय हो । उपाय खुल्ला छ । हरेक कर्मचारीलाई निश्चित मासिक ऋणमा घरको व्यवस्था । एक कर्मचारी एक घर नीति । हरेक कर्मचारीलाई निश्चित मासिक ऋणमा गाडीको व्यवस्था । एक कर्मचारी परिवार एक वाहन नीति । कर्मचारीका छोरी वा छोरा राम्रो सरकारी शिक्षाको अभिभारा नीति । स्थानीय, प्रदेश वा सङ्घ जान तयार छौ हाँसी हाँसी कर्मचारी राज्य र जनताको लागि । उकाली ओराली भनिँदैन, सुगम दुर्गम भनिँदैन, राजधानी विकट भनिँदैन, आफ्नो विकासकै रफ्तारसँग जनताको विकास । जनताको विकासको रफ्तारसँग नेताको विकास । सम्रग देशको विकासको गति । कर्मचारी दिमाग उद्यमी योजना । ओलाङ्चुङ्गोलाको कर्मचारी वा कालिकोटको कर्मचारी आफू कार्यरत स्थानमा उद्यमको कार्ययोजनाः कर्मचारीको विचार र कार्य योजना, आवश्यक जनशक्तिको मिहिनेत, सरकारको लगानी, प्रतिफलको सुनिश्चित, कर्मचारी, प्रयोग जनशक्ति र सरकारको शेयर । सबै समृद्ध । अथवा नेताको विचार र कार्य योजना, आवश्यक जनशक्तिको मिहिनेत, सरकारको लगानी, प्रतिफलमा सुनिश्चितता, नेता, प्रयोग जनशक्ति र सरकारको शेयर । सबै समृद्ध । पिङकै भाषामा तर बाटो फरक पर्न सक्छ “कालो बिरालो होस् या सेतो मुसा चैँ मार्नु पा¥यो” अब कामचोर हैन कर्मयोगी र अवसरको नियमपूर्वक प्रयोगको आवश्यक छ । खुल्ला सोच, खुल्ला नीति, खुल्ला कानुन नै सुखी नेपाली समृद्ध नेपालको खुड्किला । सुखी निजामती समृद्ध नेपाल नै बलियो मेरुदण्ड ।

Tags :
प्रतिक्रिया दिनुहोस