४ अर्ब १६ करोड, ३३ लाख, ३१ हजार बिगो दाबीसहित ८ जना हुन्डी कारोबारी विरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४ अर्ब १६ करोड, ३३ लाख, ३१ हजार बिगो दाबीसहित ८ जना हुन्डी कारोबारी विरुद्ध मुद्दा


प्रशासन विशेष ब्युरो

२१ माघ २०७५, सोमबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ४ अर्ब १६ करोड बिगो दाबी गर्दै ८ जना हुन्डी कारोबारी विरुद्ध मुद्दा दायर गरेको छ ।

ह्वाट्स एप एप्लिकेशनको माध्यमबाट हुन्डी कारोबार गरेको पुष्टि भएसँगै राजश्व अनुसन्धान कार्यालय, पथलैयाले जिल्ला अदालत, धनुषामा ८ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । विभागले रामेश्वर पूर्वे भनिने रामेश्वर शाह, उनकी श्रीमती मिनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकमार दास विरुद्ध मुद्दा दर्ता गरेको छ ।

‘एप्लिकेशनको माध्यमबाट परस्पर हुन्डी कारोबारका विवरणहरू साङ्केतिक शब्द र चिन्ह प्रयोग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदानप्रदान गरेर विदेशी मुद्रा र नेपाली रुपैयाँ ठुलो परिमाणमा अवैध रूपमा अन्तरदेशीय कारोबार गरेको प्रमाणित भएको छ’, विभागले विज्ञप्तिमा भनेको छ ।

प्रतिवादीमध्ये ७ जनालाई बिगोसहित ३ वर्षसम्म कैदको माग दाबी गरिएको छ भने पप्पुकुमार दास १५ वर्षका नाबालक भएकाले आधा सजाय माग गरिएको छ ।

उनीहरू विरुद्ध ९३ अर्ब, ६७ करोड ४९ लाख ६७ हजार अधिकतम माग दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस