संघीयता असफल बनाउने संयन्त्र भयो : प्रवक्ता शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीयता असफल बनाउने संयन्त्र भयो : प्रवक्ता शर्मा


प्रशासन संवाददाता

२१ माघ २०७५, सोमबार


चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको बताएका छन् ।

कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनमा उनले अहिले लोकतन्त्र, संघीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताएका हुन् ।

प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनले बताए ।

प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा संघीयता असफल बनाउने खतरा बढेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस