नगरप्रमुख थापाविरुद्धको रिट खारेज « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नगरप्रमुख थापाविरुद्धको रिट खारेज


२१ माघ २०७५, सोमबार


बैतडी । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ ।

अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिए । रिट निवेदकले उल्लेख गरेका कुराको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत स्रोतले जनाएको छ । वि.सं. २०७४ असार १४ गते भएको सो नगरपालिकाको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार पुष्करराज जोशी ‘लख्खाभाइ’ले उच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदन रीत नपुगेको भन्दै सो मुद्दा खारेज गरेको हो । दशरथचन्द नगरपालिकाका प्रमुख थापाले निर्वाचनमा तीन हजार ७६२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जोशीले तीन हजार ७०० मत प्राप्त गरेका थिए । जोशीले थापाविरुद्ध २०७४ असार २० गते मुद्दा दायर गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस