नेकपा सचिवालय बैठक आज बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक आज बस्दै


२१ माघ २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको छ । लामो समयपछि बस्नलागेको बैठकमा समसामयिक विषय र पार्टी एकताका विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस