कर्मचारीका कारण विमानस्थलमा इन्धन डिपो आउन ढिलाइ : सभामुख महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीका कारण विमानस्थलमा इन्धन डिपो आउन ढिलाइ : सभामुख महरा


२० माघ २०७५, आइतबार


दाङ । सभामुख कृष्ण बहादुर महराले दाङको टरिगाउँ विमानस्थलमा कर्मचारीका कारण इन्धन डिपो आउन ढिलाइ भएको बताएका छन् ।

अस्थायी इन्धन डिपो स्थापना गर्ने विषयमा आयल निगमलाई आपूर्ति मन्त्री र सचिवले तोक लगाइसकेको भएपनि कर्मचारीले कार्यान्वयनमा नल्याउँदा ढिालाई भएको उनले

बताए । उनले विमानस्थलमा टमिनल भवन निर्माणको प्रक्रिया अघि बढिसेको र छिटै भवन निमार्नण कार्य शुरु हुने समेत स्पष्ट पारे ।

यस्तै उनले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताए ।

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको सभामुख महराको भनाइ थियो । सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस