डोटीमा सरकारी गाडी माथि तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा सरकारी गाडी माथि तोडफोड


प्रशासन संवाददाता

१९ माघ २०७५, शनिबार


डोटी । नेपाल विद्यार्थी संघ डोटीले मेललेक गाउँपालिका अछामको सरकारी गाडीमा तोडफोड गरेको छ ।

धनगढीबाट सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष धन बहादुर साह सवार वा २ झ ४१८८ नम्बरको स्कारपियो डोटीमा तोडफोड गरिएको हो ।

सरकारको विरोधमा शनिबार सरकारी स्तरका सवारी साधन चल्न नदीने नेवि संघको केन्द्रिय निर्णय अनुसार नेवि संघ डोटीले सेतो नम्बर प्लेट भएका सवारी साधन संचालनमा रोक लगाएको थियो ।

नेवि संघले पुर्वजानकारी गरी सरकारी सवारी साधनमा रोक लागाउँदा लगाउँदै गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।

सामान्य तोडफोड पछि गाउँपालिकाको उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सरकारको जवरजस्तीबाद, सत्ताबाद अधिनायकबाद र दुइतिहाइको दम्बको बिरोध गर्दै नेविसंघले देशव्यापी रुपमा शनिबार सरकारी स्तरका सवारी साधन संचलनमा रोक लगाएको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।

अध्यक्ष खड्काले अहिले सरकारी कार्यालयका सवारी साधन, स्तानिय सरकारका सवारी साधन दुरुपयोग भैरहेको भन्दै नेवि संघले यो अभियानलाई निरन्तरता दिने बताए ।

शनिबार सुरक्षा कर्मिको भ्यान, एम्बुलेन्स वाहेकका सरकारी साधनहरु सडकमा गुडेको भेटीए नियन्त्रणमा मात्र होइन आगजनी समेत गर्ने नेविसंघ डोटी का नेता मोहनराज ओझला बताए । उनले कांग्रेस सहित कांग्रेसका निकटका संगठन सडक देखि सदन सम्म सरकारको विरोधमा रहेकाले सरकार विरुद्ध जस्तोसुस्कै निर्णय लिन पछि नहट्ने बताए ।

नेविसंघले शनिबार डोटी लगायत देशभरी नै सरकारी सवारी साधनमा रोक लगाएको छ । आजै नेवि संघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९९० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस