२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केसीद्वारा नौ महीनाकी बालिकालाई कलेजो दान

अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महीने बालिका सियाना रन्तीजाको जीवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गरेका छन् ।

म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका हुन् ।

शुक्रबार भारतको सर गङ्गाराम अस्पतालमा रन्तीजालाई केसीले दान गरेका छन् । कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभावको कारण उपचार अनिश्चित बनिरहेको सन्दर्भमा केसीले कानूनी प्रक्रिया पूरा गरी कलेजो दान गरेका अध्यक्ष शाक्यले बताए ।

‘मानवीय सेवा र दानवीरको अभिलेखमा आज एउटा दुर्लभ साहस उनले गरेका छन्, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उनले खेलेका भूमिका प्रशंसनीय छौँ ।’उनले भने, ‘सियानालाई बचाउन कलेजो दान गर्ने केसीको करीब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो ।’

प्रत्यारोपण गरिएपछि बिरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । बेनी अस्पताल विकास समितिको अध्यक्षसमेत भइसकेका केसीले बेनी अस्पतालको गुणस्तर सुधारमा धेरै रचनात्मक पहल गरेका थिए । बेनीको माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी लायन्स क्लब अफ नेपालमा समेत आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा क्रियाशील छन् ।

सियानाको जीवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा रु ३० लाख आर्थिक सङ्कलन भएको थियो । जन्म भएको चार महीनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्लीसम्म पुर्‍याएर रोगको पहिचान गरिएको थियो ।