२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवालाई सती लिएकै हौ त श्रीमान् !

अ+ अ-

जब तिमी भ्रूण थियौ
आमाकाे गर्भाशयमा सलबलाउदै
दिनरात बढ्दै , हुर्कँदै
मानबरूपि चोला लियौ
कति दु: ख दियौ
कति पीडा दियौ
यदि तिम्रो अभिभावकले
तिमीलाई भ्रूणमै तुहाएको भए
तिमी कहाँ हुन्थ्यौ होला
के बन्थ्यौ होला
एक पटक ठन्डा दिमागले
सोचेर भन, सम्झेर भन
के हामीलाई गर्भमै
तुहाएकै हौ त श्रीमान् ?

जब तिमी बालक थियौ
तोते बोलीमा ताताताते हिँड्दै
हुर्कँदै गयौ, बढ्दै गयौ
लेख्दै , पढ्दै अनि सिक्दै गयौ
तिम्रा पनि सपना थिए होलान्
मनभित्र रहर थिए होलान्
भोलिका लागि
भविष्यका लागि
कति कष्ट कह्याै होला
कति व्यथा सह्यौ होला
यदि तिम्रो अभिभावकले
हिँडाउन हात नदेकाे भए
हुर्काउन साथ नदेकाे भए
तिम्रो अस्तित्व
तिम्रो व्यक्तित्व
कहाँ हुन्थ्याे होला
के बन्थ्याे होला
एक पटक छातीमा हात राखी
सोचेर भन, सम्झेर भन
के हामीलाई कोपिलामै
चुँडाएकै हौ त श्रीमान् ?

जब तिमी वयस्क भयौ
कति सपना पूरा भए होलान्
कति रहर अधुरा होलान्
तथापि तिमी त
एक सफल मान्छे
सार्थक मान्छे
सबैले मानेको मान्छे
ठूलाबडा अभिभावक ठानेको मान्छे
तर तिम्रा अभिभावकको जस्तै
तिम्रा सन्ततिका लागि
भाेलिकाे भविष्यका लागि
असल अभिभावक बन्न
सफल पथप्रदर्शक बन्न
आफ्ना इतिहास आफै लेख्न
आखिर के ले राेक्याे
कसले छेक्यो
अन्तिम पटक पशुपतिनाथको कसम खाई
सोचेर भन, सम्झेर भन
के निजामती सेवालाई
सती लिएकै हौ त श्रीमान् ?

कवर वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका उपसचिव हुन्