योगेश भट्टराईले दिए डा. केसीलाई धन्यवाद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

योगेश भट्टराईले दिए डा. केसीलाई धन्यवाद


प्रशासन विशेष ब्युरो

१८ माघ २०७५, शुक्रबार


काठमाडौँ । अनशन स्थगीत गरेकोमा डा. गोविन्द केसीलाई नेकपा नेता योगेश भट्टराईले धन्यवाद दिएका छन्।

‘आज डा.गोविन्द केसीले आफ्नो १६ औं अनशन अन्त्य गर्ने निर्णय गर्नु भएकोमा उहाँको निर्णयको स्वागत गर्दै उहाँलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु’, भट्टराईले फेसबुकमा लेखेका छन्।

‘चिकित्सा शिक्षाको सुधारका लागि उनले समेत पुर्‍याउनु भएको योगदानको म सम्मान गर्दछु’, उनले लेखेका छन्, ‘हालै संघीय संसद पारित चिकित्सा शिक्षा विधेयकको कार्यन्वयनमा सबै संघसंस्था लगायत डा. केसी सहितका सबै अभियान्तासँग निरन्तर सहकार्य जारी रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस