पाइलट अभाव भएपछि एयरलाइन्सका विमान थन्किए, ठूलो संख्यामा पाइलट भर्नाको तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पाइलट अभाव भएपछि एयरलाइन्सका विमान थन्किए, ठूलो संख्यामा पाइलट भर्नाको तयारी


१८ माघ २०७५, शुक्रबार


काठमाडौं । पाइलट नभएपछि नेपाल एयरलाइन्सका विमान थन्किएका छन् । एयरलाइन्सका ८ ओटा विमान पाइलटविहिन भएपछि निगमको हवाइसेवा प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय उडान भर्नेमध्ये एक न्यारोबडी विमान बिहीबार मात्रै सिंगापुरबाट ‘सि-चेक’ (नियमित परीक्षण र मर्मत) गरेर फर्किँदैछ । निगमको एक मात्रै बोइङ भने ग्राउन्डेड रहेको जनाइएको छ ।

यस्तै आन्तरिकतर्फका ६ चिनियाँ विमानमध्ये एउटा मात्रै विमान उडिरहेको छ । तीन वटा वाई १२ ई विमान अहिले पनि ग्राउण्डेड भएका छन् ।

निगमका दुई पाइट विरामी विदामा भएकाले दुई चिनियाँ वाई(१२ ई जहाज थन्काउनुपरेको हो ।

निगमसँग रहेको चिनियाँ एमए ६० विमान दुबै ग्राउन्डेड छन् । निगमसँग रहका २ ट्विनअर्टर पनि ग्राउउन्डेड छन् ।

विमान ग्राउन्डेड हुनुमा प्राविधिक कारण भनिए पनि पाइलट अभाव नै मुख्य समस्या भएको निगमका एक उच्च अधिकारीले बताए ।

निगमभित्र पाइटलको बढुवामा राजनीतिक चलखेल भएपछि असन्तुष्ट पाइटहरुले राजीनामा दिने र बिरामी विदा बस्ने क्रम बढेको बताइएको छ ।

पाइलटको समस्यालाई हटाउन भन्दै निगमले ५० पाइलट भर्ना प्रक्रिया सुरु गरेको छ । ४० जना पाइलट माग्दै केही दिनमै लोकसेवामार्फत सूचना निकालिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस