हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ


प्रशासन संवाददाता

१६ माघ २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस