नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक : प्रम ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक : प्रम ओली


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् ।

चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नकाल गि छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरेका छन् । ‘नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु’ प्रधानमन्त्री ओलीले भने ।

हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताएका छन् । तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस ।

वश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ‘ प्रधानमन्त्री ओलीले भने ।  प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पारेका छन् । ‘हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ‘ प्रधानमन्त्री ओलीले भने । नेपालका लागि चीनका राजदुत हु यांकी (Hou yaniq) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस