कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार, जेठ ८ गतेसम्म ११ को परीक्षा सञ्चालन हुनेछ ।

दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस