दाङमा पशु सुत्केरी भत्ता वितरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङमा पशु सुत्केरी भत्ता वितरण


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


लमही । दाङको तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुस्तेकरी पशुकोे रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताए ।

यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर,सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस