चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस हुँदै


प्रशासन विशेष ब्युरो

१४ माघ २०७५, सोमबार


राष्ट्रियसभा

काठमाडौँ । शुक्रवार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ सोमबार(आज) राष्ट्रियसभामा पेस हुने भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक ११ बजेलाई राखिएको सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रवार बहुमतले विधेयक पारित भएको थियो।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने छ ।

सहमतिविपरित विधेयक ल्याइएको भन्दै डा. गोविन्द केसी अनसनमा छन्। पछिल्लो समय प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका अनसनरत केसीको समर्थनमा चिकित्सक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले ऐक्यवद्धता थप्दै गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस