२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भपतन गराउने छ जना आरोपितलाई कैद

अ+ अ-

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साहलाई जनही तीन महीनाको कैद सजायको फैसला गरेकोे छ ।

आरोपितले घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारवाही प्रक्रिया बढाएको थियो । आरोपितमध्ये रफिदन २०७३ साल माघ १९ गते पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्यादी पुर्जी जारी गरेपछि अदालतमा हाजिर भएका थिए ।

तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपित धरौटीमा रिहा भएका थिए । पीडितको रुपनी र राजविराजस्थित अस्पतालमा उपचार भएको थियो भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भपतन भएको भ्रूणको शव परीक्षण गरिएको थियो ।