हिमपातबाट यातायात सेवा प्रभावित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

हिमपातबाट यातायात सेवा प्रभावित


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ ।

मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।

कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताए । एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । ‘नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ’, उनले भने ।

एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताए। उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस