पहिलो एकदिवसीयमा यूएईद्वारा नेपाल तीन विकेटले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिलो एकदिवसीयमा यूएईद्वारा नेपाल तीन विकेटले पराजित


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


काठमाडौं । यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा आज भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा सात विकेट गुमाएर पुरा गरेको हो ।

यूएइको जितमा फहद नवाजले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै अमिर हायात र इमरान हैदरले अविजित २४ र १८ रनको योगदान गरे । आठौँ विकेटका लागि आमिर हायात र इमरान हैदरले अविजित ४३ रनको साझेदारी गर्दै जितसम्म पु¥याए । हायातले ४२ बलमा २४ रन तथा हैदरले ३९ बलमा १८ रनको योगदान दिए ।

नेपालका पारस खड्का, करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिएका थिए । नेपालको आज पनि ब्याटिङ चल्न सकेन । यसअघि नेपालले टस हारेर ब्याटिङ गरेको नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई०लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको थियो ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललित नारायण राजवंशी दुई रनमा अविजित रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्न सकेनन् ।

नेपाललाई न्यून स्कोरमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन÷तीन विकेट लिएका थिए । यस्तै इमरान हेदरले दुई विकेट लिए । जितसँगै युएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीसँग शनिबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस