२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिको विकासले नै राष्ट्र समृद्ध हुन्छ : मन्त्री खनाल

अ+ अ-

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकास नगरी राष्ट्रलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ संसदीय समितिले आज बाराको परवानीपुरमा आयोजना गरेको ‘कृषिको आधुनिकीकरणमा तीनै तहका सरकारको भूमिका’ विषयको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नसके हाल देखिएको बेरोजगारी समस्यालाई सम्बोधन गर्दै राष्ट्रलाई समृद्धिको बाटोतर्फ लैजान सकिने विश्वास व्यक्त गरे ।

उनले देशका सातवटै प्रदेशमा अत्याधुनिक कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने तयारीमा सरकार लागेको जानकारी गराए । मन्त्री खनालले बढ्दो व्यापार घाटा, युवा शक्तिको विदेश पलायन र खाद्यान्नमाथिको परर्निभतालाई समाप्त गर्न सकिने क्षमता कृषिमै भएकाले यसलाई आधुनिकीकरण तथा व्यापारीकरण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं २ का सहकारीमन्त्री शैलेन्द्र साह, आर्थिक मामिला राज्यमन्त्री उषा यादव, पूर्वमन्त्री प्रभु साहलगायतले उन्नत जातको बीउ, समयमा मलखालको व्यवस्था, सिँचाइको उचित प्रबन्ध र उत्पादनको उचित मलको व्यवस्था गर्न सकिए हाल देखिएको खाद्यान्नमाथिको परर्निभतालाई समाप्त गर्न सकिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी रहेका प्रदेश नं २ मा पर्ने गाउँपालिका, नगरपालिकका प्रमुखले कृषिको विकासका लागि लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।