लागुऔषधसहित २ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागुऔषधसहित २ जना पक्राउ


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित २ जना पक्राउ गरेको छ ।

प्रहरीले यही माघ १० गते बिहान ०७:३० बजे सर्लाहीबाट काठमाण्डौ आउँदै गरेको ना.६ ख . ७४६० नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषध नाइट्राभेट ५९५ ट्यावलेट सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस