२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक १५ मिनेटको लागि स्थगित

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

अनसनरत डा गोविन्द केसीसँग भएको सहमति पालना लगायत अन्य माग राख्दै कांग्रेसले दोस्रो दिन पनि प्रतिनिधिसभा अवरुद्ध गरेको हो।

कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

दुई अस्पतालहरु संघमार्फत ल्याउन माग गर्दै दोस्रो दिन पनि कांग्रेसले बैठक अवरुद्ध भएको हो।

सांसद प्रकाशमान सिंहले दुई तिहाइको दम्भबाट सहमतिमा राखिएको अस्पतालको नाम किन हटाइयो भनि प्रश्न गरेका थिए।

स्वाश्व प्रस्वासका बिरामी बढेको समयमा गिरिजाप्रसाद कोइरालाको नाम जोडिएकै आधारमा हटाउन मिल्छरु भन्दै उनले त्यसलाई नसच्याएसम्म सदन अवरोध नखुल्ने बताए।

कम्युनिस्ट सरकारको नेतृत्वमा संविधान जारी गर्न नसकेको तर नेपाली कांग्रेस ठूलो पार्टी हुँदा संविधान जारी गरेको तथ्य नबिर्सन उनले आग्रह गरे। संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाम रहेको बाँकेको क्यान्सर अस्पताल राजनीतिक आधारमा भेदभाग गर्न नहुने बताए।

डा केसी अनसन १४ दिनमा अनसनरत भएकाले जीवनरक्षाका लागि मानवीयताको नाताले सरकारले सम्झौता गरेपछि किन पालना नगरेको भन्दै उनले त्यसको कार्यान्वयन गर्न माग गरे।

सरकारले आज चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्दैछ। प्रतिनिधिसभा बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ। आजको बैठकमा यही एउटा मात्रै कार्यसूची तोकिएको छ।