अख्तियारद्धारा प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अख्तियारद्धारा प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घरेलु उद्योग दर्ताका लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्देश्यले अनुमति दिन नमिल्ने भनी एक सेवाग्राहीसँग पन्तले रु पाँच हजार घुस लिएको आयोगको आरोप छ ।

आयोगले सोही कार्यालयमा मध्यस्तकर्ताका रुपमा रहेका खगेन्द्र बोहोरालाई समेत पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्रमुख प्रशिक्षक पन्त र मध्यस्तकर्ता बोहोरालाई समेत बिगोबमोजिम कारवाही र कैद सजायको माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस