२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनको जोखिमलाई ध्यान दिनुपर्ने : वातावरणमन्त्री कुसियत

अ+ अ-

विराटनगर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले जलवायु परिवर्तनले मुलुकमा पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सुझाव सङ्कलन गरिएको छ । मन्त्री कुिसयतले जलवायु परिवर्तनले नदीनाला सुकेर मौसममा आएको परिवर्तनले खाद्यान्न लगायतका अन्य उत्पादनमा असर पारेकाले यसलाई ध्यान दिएर नयाँ नीतिनिर्माण गर्नुपर्नेमा जोड दिए ।

प्राकृतिक स्रोत पूर्वाधार समितिका सदस्य एवम् संघीय सांसद घनश्याम खतिवडाले तीन तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नेगरी साझा मुद्दा बनाउनुपर्ने बताए । प्रदेश मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना र वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने गरी नयाँ नीति ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश न १ का स्थानीय निकायका जनप्रतिनिधि, प्रदेश र संघीय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुख तथा वनस्पति विज्ञहरुले सुझाव दिएका थिए । सात वटै प्रदेशबाट सुझाव सङ्कलन गरी जलवायु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउने सो अवसरमा बताइएको थियो ।