जलवायु परिवर्तनको जोखिमलाई ध्यान दिनुपर्ने : वातावरणमन्त्री कुसियत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जलवायु परिवर्तनको जोखिमलाई ध्यान दिनुपर्ने : वातावरणमन्त्री कुसियत


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


विराटनगर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले जलवायु परिवर्तनले मुलुकमा पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सुझाव सङ्कलन गरिएको छ । मन्त्री कुिसयतले जलवायु परिवर्तनले नदीनाला सुकेर मौसममा आएको परिवर्तनले खाद्यान्न लगायतका अन्य उत्पादनमा असर पारेकाले यसलाई ध्यान दिएर नयाँ नीतिनिर्माण गर्नुपर्नेमा जोड दिए ।

प्राकृतिक स्रोत पूर्वाधार समितिका सदस्य एवम् संघीय सांसद घनश्याम खतिवडाले तीन तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नेगरी साझा मुद्दा बनाउनुपर्ने बताए । प्रदेश मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना र वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने गरी नयाँ नीति ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश न १ का स्थानीय निकायका जनप्रतिनिधि, प्रदेश र संघीय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुख तथा वनस्पति विज्ञहरुले सुझाव दिएका थिए । सात वटै प्रदेशबाट सुझाव सङ्कलन गरी जलवायु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउने सो अवसरमा बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस