ढकालको हत्याप्रति महासंघद्वारा भत्र्सना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढकालको हत्याप्रति महासंघद्वारा भत्र्सना


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


काठमाडौं । नेपाल पत्रकार महासंघले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासंघ स्तब्ध भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महास.घ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’ सञ्चारकर्मी ढकाललाई हेटौँडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस