२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीमा छुट्टछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

अ+ अ-

सर्लाही । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।

पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुरनगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् । तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उहाँको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ ।

त्यसैगरी अधिकारीलाई समान्य चोट लागेकाले उनको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना ३ ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा एक बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।