उच्च अदालतका पाँच न्यायाधीश न्याय परिषद् सचिवालयमा तानिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उच्च अदालतका पाँच न्यायाधीश न्याय परिषद् सचिवालयमा तानिए


प्रशासन विशेष ब्युरो

३ माघ २०७५, बिहिबार


सर्वोच्च अदालत

काठमाडौँ । विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधीश कारबाहीमा परेका छन् ।

सर्वोच्च अदालतको नेतृत्व सम्हाले पछि आक्रामक रूपमा प्रस्तुत भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च अदालत विराटनगरका न्यायाधीशलाई काठमाडौँ तानेको छन् ।

जबरा प्रधानन्यायाधीश नियुक्त भएपछि गठन भएको संयन्त्रले निगरानी गर्दा न्यायिक विचलन भेटिएपछि ती न्यायाधीशहरूलाई न्यायपरिषद सचिवालयमा तानिएका हुन् ।

सचिवालयमा तानिने न्यायाधीशहरूमा नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेका छन् ।

सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस