प्रधानमन्त्रीद्धारा सुख्खा बन्दरगाहको शिलान्यास « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीद्धारा सुख्खा बन्दरगाहको शिलान्यास


प्रशासन संवाददाता

३ माघ २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो । बिश्व बैंको करीब रु २ अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब ६ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस