गोंगबुमा सिलिन्डर ग्यास विष्फोट हुँदा एकको मृत्यु, ४ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोंगबुमा सिलिन्डर ग्यास विष्फोट हुँदा एकको मृत्यु, ४ जना घाइते


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ मा पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा नुवाकोटका कृष्ण तामाङ रहेका छन्। बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । सिलिण्डर बिस्फोटबाट गंभीर घाईते भएका काजी तामाङको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते हुनेहरुमा मध्ये राजकुमार बिसी, रेशम तामाङ र अनिल पोखरेलको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै अर्का घाइते कैशाल श्रेष्ठको बल्खुस्थित बयोद्धा हस्पीटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस