बैंकिङ कसुर मुद्दामा एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैंकिङ कसुर मुद्दामा एक पक्राउ


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


गौशाला । महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु ३ लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो । पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि आजै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस