६७ वर्षीया वृद्धा कालीगण्डकीमा बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६७ वर्षीया वृद्धा कालीगण्डकीमा बेपत्ता


३० पुस २०७५, सोमबार


ढल

पाल्पा । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने एक वृद्धा कालीगण्डकीमा बेपत्ता हुनुभएको छ । ६७ वर्षीया कमला भण्डारी आइतबार रामपुर–६ स्थित तातोपानीघाटको झोलुङ्गे पुल नजिकैको कालीगण्डकीको किनाराबाट हाम फालेर बेपत्ता हुनुभएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भूपालसिं रानाले जानकारी दिए । नदीमा बेपत्ता भण्डारीको प्रहरी र स्थानीयवासी, आफन्तले खोजी गरिरहेका छन् ।

यसैबीच कालीगण्डकीमा नुहाउने क्रममा एक युवा बेपत्ता हुनुभएको छ । आइतबारको समयमा चापाकोट नगरपालिका–१ स्थित कालीगण्डकीमा नुहाउन गएका वर्ष १६ का चितवन कालिका नगरपालिका घर भएका केशवप्रसाद चेपाङ बेपत्ता भएका हुन् । नदीमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता चेपाङको खोजी कार्य जारी रहेको प्रहरी चौकी चापाकोटका प्रमुख जगदीश तिमिल्सनाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस