दिपायलदेखि बझाङसम्मको सडक प्रदेश सरकारले बनाउने -मन्त्री बोहरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिपायलदेखि बझाङसम्मको सडक प्रदेश सरकारले बनाउने -मन्त्री बोहरा


प्रशासन विशेष ब्युरो

२९ पुस २०७५, आइतबार


दिपायलदेखि बझाङसम्मको सडक

डोटी । दिपायल–मेल्लेक–डौड–तोलेनी–पात्तिहाल्ने–बझाङ सडक प्रदेश सरकारले बनाउने सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार विकास मन्त्री पठान सिँह बोहराले बताएका छन् ।

डोटीको सायल गाउँपालिका वडा नं. ३ तोलेनीमा आयोजित सडक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बोहराले सो कुरा बताएका हुन् ।

तोलेनीसम्म सडक पुर्‍याउन धेरै पहिलादेखि पहल भए पनि अहिले सम्भव भएको वडा नम्बर ३ का अध्यक्ष गोरख सार्कीले बताए ।

२०६४ सालदेखि सुरु भएको सडक चट्टान भएका कारण ढिलाइ भएको सायल गाउँपालिका उपाध्यक्ष बिष्ना सिहले बताए ।

गत आर्थिक वर्ष र यस बर्षगरी ९६ लाख बजेट लगानी गरेर सडक निर्माणको काम सम्पन्न भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका प्रदेश सभा सदस्य अर्चना गहतराज, नेपाल कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य नारद मलासी, गणेशदत्त भट्ट नेकपा डोटीका प्रस्तावित जिल्ला अध्यक्ष चक्र मल्लको उपस्थिति रहेको थियो ।

पहिलो पटक सडक पुगेपछि गाउँमा खुसीयाली छायको छ ।

प्रतिक्रिया दिनुहोस