निजामती सेवा ऐनबारे छलफल सिंहदरवारमा जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती सेवा ऐनबारे छलफल सिंहदरवारमा जारी


प्रशासन विशेष ब्युरो

२८ पुस २०७५, शनिबार


सचिव

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनबारे छलफल सुरु भएको छ ।

दोस्रो संविधान पनि भनिने निजामती ऐनको सस्यौदामा समावेश विषयबारे सरोकारवाला निकायहरुबीच आज दिउँसोदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल चलिरहेको छ ।

उच्च स्रोतका अनुसार आजको बैठकमा सहमति जुट्न सक्यो भने भोलिबाट नै प्रक्रियामा लैजाने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।

नेपाल सरकारका मुख्य सचिवसहितको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिव, कानुन सचिव, अर्थ सचिवलगायत आधा दर्जन भन्दा बढी उच्च अधिकारीहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस