मदिरा व्यवसायी संघ मोरङले अनाथाश्रमलाई सहयोग « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

मदिरा व्यवसायी संघ मोरङले अनाथाश्रमलाई सहयोग


२५ पुस २०७५, बुधबार


विराटनगर । मदिरा व्यवसायी संघ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ ।

सो अवसरमा आश्रमका रहेका ८० बालबालिका, वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फूटबल र ब्याडमिण्टन प्रदान गरिएको छ । संघको ११ औँ वार्षिकोत्सवको अवसरमा आज आश्रमको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ६० जनाले एक/एक पिण्ट रक्तदान गरेको संघका अध्यक्ष अंशु बञ्जाराले बताए ।

विगत वर्षमा होटल र पार्टी प्यालेसमा रमाइलो कार्यक्रम गरी मनाइने गरेकोमा यस वर्षदेखि समाजमा केही गरौँ भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरी मनाइएको संघका उपाध्यक्ष रमेश गिरीले बताए । थोक तथा खुद्रा गरी संघअन्तर्गत मोरङ जिल्लामा २६० व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस