पचास रुपैयाँ घुस दिँदा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पचास रुपैयाँ घुस दिँदा पक्राउ


२५ पुस २०७५, बुधबार


पक्राउ

काठमाडौं । प्रहरीलाई पचास रुपैयाँ घुस दिन खोज्दा एकजना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका–८ जगातीमा प्रहरीलाई घुस दिन खोज्ने नुवाकोट पन्चकन्या–४ घरभई काठमाडौं नेपालटार बस्ने सूर्यबहादुर तामार्ङ बुधबार पक्राउ परेका हुन् ।

बनेपाबाट काठमाडौं आउँदै गरेको बा.४ख ८२१५ नम्बरको टिपर जाँच गर्दा टिपरका सहचालक तामाङलाई पचास रुपैयाँ घुससहितपक्राउ गरिएको प्रहहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरेको छ ।

प्रतिक्रिया दिनुहोस