जापानी विदेशमन्त्री आज नेपाल आउँदै, केही महत्वपूर्ण विषयमा छलफल हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जापानी विदेशमन्त्री आज नेपाल आउँदै, केही महत्वपूर्ण विषयमा छलफल हुँदै


२५ पुस २०७५, बुधबार


काठमाडौं । जापानका विदेशमन्त्री तारो कोनो दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपराह्न नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार, भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ ।

नेपालीका लागि खुला गरेको रोजगारीका प्रक्रियागत समस्या निरुपण, नेपाल र जापानबीच हवाई सेवा सम्झौता,सहयोग प्रवर्धन सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माणलगायत विषयमा छलफल हुने छ ।

त्यसैगरी सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा पिनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस