सुन चोरीमा संलग्न दुई पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन चोरीमा संलग्न दुई पक्राउ


२४ पुस २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

सुर्खेत । भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये २ नेपालीलाई पक्राउ गरेको हो । ब्यूरोले शनिबार कालीकोटको लालुबाट मङ्गल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई आज वीरेन्द्रनगर पदमपुरबाट पक्राउ गरेको हो । प्रहरीले सौभाग्याट ६५० ग्राम सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले कालीकोटबाट समेत सुनका गहना बरामद गरिएका र नापतौल भइरहेको जानकारी दिए ।

चोरीमा संलग्नको खोजी गर्दै भारतीय प्रहरी पनि केही दिनयता सुर्खेतमा छन् । कर्नाटक प्रहरीका प्रहरी महानिरीक्षक मेलविन फ्रान्सिस नेतृत्वमा ५ सदस्यीय टोलीले नेपाल प्रहरीसँगको समन्वयमा चोरीमा संलग्नको खोजी गरिरहेको छ । प्रदेश प्रहरी कार्यालयले अन्य दुईको खोजी भइरहेको जनाएको छ । सुन चोरीमा शाही दम्पतीका साथै घरेलु दम्पतीका रुपमा कार्यरत उनका छोरा र भाञ्जा संलग्न रहेको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार यही पुस ११ मा बैंगलोरका रियलस्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारविरुद्ध ३ दशमलव ८७ केजी सुनसहित चारवटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरेको आरोप छ । नेपाल प्रहरीले एउटा घडी बरामद गरे पनि ल्यापटप र आइफोन भने भेटाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस