राजदूत लक्की शेर्पाले दिइन् राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजदूत लक्की शेर्पाले दिइन् राजीनामा


२४ पुस २०७५, मंगलबार


लक्की शेर्पा बर्खास्त

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचविखनको विवादमा मुछिएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।

राजदुत शेर्पामाथि उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका हुन् । चालक शेर्पाले उनलाई अष्ट्रेलिया लैजान रकम लिएको आरोप लगाएका थिए ।

आरोपपछि उनीमाथि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि छानविन समिति गठन गरी उनलाई काठमाडौं बोलाइएको थियो ।

राजदूत शर्पाले भने आफू विरुद्धको आरोप निराधार रहेको बताएकी छन् । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनको दाबी छ ।

मन्त्रालयले शेर्पामाथि छानविन प्रतिवेदन बुझाएपनि सरकार कुनै निश्कर्षमा पुग्न सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस