राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिरको अवसर, खरिदारदेखि निर्देशकसम्म १८ जना माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिरको अवसर, खरिदारदेखि निर्देशकसम्म १८ जना माग


२४ पुस २०७५, मंगलबार


काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारमा जागिर खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत केन्द्र र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडाका लागि निर्देशकसहित १८ जना कर्मचारीको माग गरिएको हो ।

केन्द्रले यसै चालु आर्थिक वर्षका लागि करारमा नियुक्ति गर्न कर्मचारीको माग गरेअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर दुई र सिस्टम एडमिनिस्ट्रेटर एक जना रहेका छन् ।

त्यस्तै इलेक्ट्रीकल टेक्निसियन दुई जना, कम्प्युटर टेक्निसियन एक र खरिदार दुई जना माग गरेको छ।

दरखास्त फाराम राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइट बाट डाउनलोड गर्न सकिने छ भने पाठ्यक्रम पनि वेवसाइमै रहेको केन्द्रले जनाएको छ ।

दरखास्तका लागि मङ्गलवारदेखि १० दिनभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबार र जिल्ला हुलाक कार्यालय पाटन ढोका, ललितपुरमा दरखास्त दिन सकिने जनाइएको छ।

हेर्नुस सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस