२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान विभागको प्रमुखमा गणेश अधिकारी नियुक्त, रेग्मीलाई धन्यवादसहित बिदाइ

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक(प्रमुख)मा गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीको अनिवार्य अवकाशसँगै सरकारले प्रशासन विभाग प्रमुख अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भई सकेकोले आजैका मितिदेखि लागू हुने गरी विभागको सेवाबाट अवकाश दिएको हो ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०९/१९ मा स्वीकृत गरेको नेपाल विशेष सेवा नियमावली २०४४ को राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकले तीन वर्षे सेवा अवधि पुरा गरेपछि सेवाबाट अवकाश पाउने व्यवस्था गरेको र सो विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भई सकेकोले मिति २०७५/०९/२३ देखि लागू हुने गरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकाश दिने भनी नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७५/०९/२३ मा निर्णय भएकोले सेवाबाट अवकाश प्राप्त भएको ब्यहोरा निर्णयअनुसार जानकारी गराइन्छ,’ प्रशासनलाई प्राप्त पत्रमा भनिएको छ, ‘राष्ट्रिय अनुसन्धान विभागको विभिन्न ओहोदामा रही गर्नु भएको सेवाको लागि नेपाल सरकारले धन्यवाद दिएको ब्यहोरा अवगत गराउँछु । यहाँको सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

नियमावलीको १३.१ को उपनियम २ को खण्ड क मा राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकले तीन वर्ष पुरा गरेपछि सेवाबाट अवकास पाउने उल्लेख छ । मन्त्रिपरिषद्को मिति २०७५/०९/१९ को बैठकले नियमावली संशोधन गरेसंगै ३० वर्षे सेवा अवधिका कारण आगामी जेठ १५ सम्म पदावधि भएका रेग्मी ६ महिना अघि घर गएका हुन् ।

नयाँ नियमावली स्वीकृत हुनु अघि जेठमै तीन वर्ष सेवा अवधि पुगी सकेका रेग्मीले आफूले अनिवार्य अवकाश लिएको बताए ।

‘पुरानो नियमावलीअनुसार ४ वर्ष थियो’ रेग्मीले भने, ‘नयाँ नियमले तीन वर्ष कायम गरेपछि तीन वर्ष सेवा अवधि पुगी सकेकोले अवकाश भएको हो ।’

उनले सेवा अवधि पुगेको आधारमा अवकाशको चिठी प्राप्त गर्नुका साथै अहिलेसम्म गरेको सेवाको लागि धन्यवाद र आगामी जीवन सुखमय होस् भन्ने मन्त्रिपरिषद्को पत्र पाई सकेको र आफूले सरकारप्रति आभार व्यक्त गरी सकेको बताए ।