अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


जनवरी ६ मा अमेरिकाको ओहियोमा उपन्यास ‘छाप्रो नंम्बर ५५’ को समिक्षा तथा गिती एल्वम ‘पिडा’को बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

मातृभाषा संरक्षण समूह र साहित्य परिषद भूटान को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा श्रष्टा रमेश दियालिको उपन्यास छाप्रो नंम्बर ५५ को समिक्ष श्रष्टा प्रतिमान सिवाले गरेका थिए ।

निल अधिकारी तथा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले संचालन गरेको उक्त कार्यक्रमा लामो समय देखि छुट्टा छुट्टै संस्थाको रुपमा कार्य गर्दै आईरहेका संस्थाहरु जीवीएलओ तथा साहित्य परिषद भूटान अब मिल्नुको विकल्प नरहेको जीवीएलओ का कर्ण गुरुङले बताएका थिए ।

कार्यक्रममा मातृभाषा संरक्षण समूहको बारेमा श्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ तथा साहित्य परिषद भूटानको बारेमा श्रष्टा गंगा लामिटारे मन्तव्य राखेका थिए ।
त्यसैगरी सोहि कार्यक्रममा गीतकार भिम अधिकारी (कश्यप) को एकल शब्द र सुशिल विश्वकर्माको एकल संगीतमा रहेको गीती एल्बम ‘पिडा’ को विमोचन पनि गरिएको छ ।
कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए । कार्यक्रममा बिभिन्न राज्य बाट ५० जना भन्दा धेरै स्रष्टाहरुको पस्थिति रहेको थियो । रन खड्काले अतिथिहरुलाईलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सानी नानी सोफिया अधिकारीले नेपाली लिपिमा लेखेको गीत सुनाएर सबैलाई चकित पारेका थिए ।

मध्याह्न १२ बजे सुरु भएर कार्यक्रमको अन्त्य दिउँसो ५स्३० मा सभाका सभाध्यक्ष सुशील रेग्मीद्वारा अन्त्य भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस