नवलपुरमा बस दुर्घटना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवलपुरमा बस दुर्घटना


२३ पुस २०७५, सोमबार


नवलपरासी । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै  गरेको बस नवलपरासीमा दुर्घटना भएको छ ।

ना५ख४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दू –११ मा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

३४ यात्रु सवार रहेको बस बिहान ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैजनालाई भरतपुरस्थित पुरानो मेडिकल केज पठाइएको छ ।

बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

बसचालक २१ वर्षीय हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस