वाइडबडी प्रकरण : सुगतरत्न कंसाकारलाई कालोमोसो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाइडबडी प्रकरण : सुगतरत्न कंसाकारलाई कालोमोसो


प्रशासन विशेष ब्युरो

२० पुस २०७५, शुक्रबार


काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) को युवा संगठनले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंसाकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस