सामाजिक सञ्जालको प्रयोगबाट ठगी गर्ने पक्राउ  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सामाजिक सञ्जालको प्रयोगबाट ठगी गर्ने पक्राउ 


प्रशासन संवाददाता

२० पुस २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इमोमा म्यासेज पठाई प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्न काठमाडौं काडाघारी बस्ने खोटाङ घर भएका ३३ वर्षीय लेखबहादुर खड्का समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागीरी नगरपालिका-११ सतुङगल र काठमाडौं महानगरपालिका-१० तिनकुनेस्थित महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस