पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिँदै


१९ पुस २०७५, बिहिबार


काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।

सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने जनाइएको छ।

डिल्लीबजार कारागारमा रहेका चौधरी सपथ लिए पनि संसद भवन जान नपाउने भएका छन् । सांसद पदको सपथ खुवाइसकेपछि पनि उनलाई पुनः जेलमै लैजाने स्रोतले बताइएको छ ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली–१ बाट निर्वाचित भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस