वाइडबडी खरिद प्रकरणमा तीन दर्जन पदाधिकारी दोषी ठहर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

वाइडबडी खरिद प्रकरणमा तीन दर्जन पदाधिकारी दोषी ठहर


१८ पुस २०७५, बुधबार


काठमाडौं । वाइडबडी खरिद प्रकरणमा तीन दर्जन पदाधिकारी दोषी ठहरिएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी ठहर गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ३४ जनालाई दोषी संसद्को सार्वजनिक लेखा समितिले ठहर गरेको छ।

उपसमितिद्वारा तयार गरिएको प्रतिवेदनमा विमान खरिद प्रक्रियामा अनियमितता गरेको आरोप उल्लेख छ।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले जहाज खरिदमा करिब ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको छ।

दोषी ठहर भएकाहरुको सूची :

Tags :
प्रतिक्रिया दिनुहोस