प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन


१७ पुस २०७५, मंगलबार


काठमाडौं । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन भएका छन्।

प्रधानन्यायाधीशमा प्रस्तावित राणलाई आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले अनुमोदन गरेको हो।

उनलाई मंसिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

नियुक्तिदेखि नै विवादमा तानिएका राणाको नाममा ९ वटा उजुरी संसदीय समितिमा परेका थिए। आइतबारको बैठकमा उनले आफूमाथि लागेका उजुरीहरुको जवाफ दिएका थिए।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस