पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले गणतन्त्रको विरोध गरेका छन् ।
सोमबार बिहान पोखरा विमानस्थलमा पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले गणतन्त्रविरोधी नाराबाजी गरेका हुन् ।
गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाउँदै राजाका ज्ञानेन्द्रको स्वागत गरिएको थियो । साथै नाराबाजीमा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको थियो । राजाका समर्थकहरु सयौंको संख्यामा पोखरा विमानस्थलमा स्वागतका लागि भेला भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र एक साता पोखरा भ्रमण गर्ने बताइएको छ । उनले भने गणतन्त्रलाई समर्थन गर्दे नागरिक भएर बस्ने घोषणा गरेका छन् । तर समर्थकहरुले संविधानको विरोधमा नाराबाजी गरेकामा पूर्वराजा पनि संविधानको विरोधमा सहमत छन् भन्ने शंका उत्पन्न भएको छ ।







