डोटीमा ३ सय ६३ संस्थाको दर्ता खारेजी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा ३ सय ६३ संस्थाको दर्ता खारेजी


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका ३ सय ६३ गैरसरकारी संस्था दर्ता खारेजीमा परेका छन् ।जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तिन वर्ष देखि नविकरण नभएका संस्थाहरुको दर्ता खारेज गरेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

उनले भने ‘संस्था दर्ता ऐन अन्र्तगत दर्ता भई कामकाज गरेका तर तगातार ३ वर्ष देखी यता नविकरण नगरेका संस्थाहरुलाई ३५ दिने सुचना प्रकासन पश्चात सुचनाको म्याद समाप्त पछी दर्ता खारेज गरेका हौं ।’

दर्ता खारेज हुने संस्थाहरुमा साबिकका जिल्ला विकास समिति अन्र्तगत संचालीत उपभोक्ता समिति, मठ मन्दिर निमार्ण समिति, जल उपभोक्ता समिति रहेका समेत प्रजिअ सुबेदीले बताए । नियमीत रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेमा परेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।

उनले भने ‘संस्था दर्ता गरिसके पछी वार्षिक रुपमा गर्नुपर्ने करचुक्ता,लेखापरिक्षण, नविकरण, साधारण सभा लगायतका काम गर्नपर्छ । संस्थामा कार्यक्रम भएपनी नियमीत हुने नत्र नहुने भन्ने हुदैन त्यसैले संस्थाहरुले पनि यस विषयमा समयमै ध्यान दिन आवश्यक छ संस्थाले परिपालन गर्नुपर्ने नियमहरुको सवालमा केही त्यस्तो समस्या भए हामीहरु सहयोग गर्न तयार छौ ।’

डोटी जिल्लामा जम्मा ६ सय १० दर्ता गैरसरकारी संस्था मध्य २०५५ सालदेखी २०७२ साल सम्म नविकरण नगरेका संस्थाहरु खारेजमा परेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माले बताए ।

अधिकृत शर्माका डोटी जिल्लामा संस्था दर्ता ऐन अन्र्तगत २०४४ साल देखि संस्था दर्ता गर्ने कार्य सुरु भए देखि ६ सय १० गैरसरकारी संस्था दर्ता भएका थिए जसमा पटक, पटक गरि ४ सय २३ संस्थाको दर्ता खारेजी भईसकेको छ भने अब १ सय ८७ वटा गैरसरकारी संस्था दर्ता रहेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस