चलचित्र ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित ) « प्रशासन
prasaLogo
२७ मंसिर २०७५, बिहीबार

चलचित्र ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित )


प्रकाशित मिति : 13 December, 2018 4:11 pm

काठमाडौं । चलचित्र ‘चौका दाउ’ को बुधबार ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र भने आगामी पुस २७ गते सार्वजनिक हुनेछ । ट्रेलरमा ४ जुवाडे रवीन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह र सन्तोष पन्तलाई उर्वशी बनेकी वर्षा राउतको पछि लागेको देखाइएको छ ।

ट्रेलर कमेडीले भरिएको छ । चौका दाउका परिकल्पनाकार संगीतकार शम्भुजित बाँस्कोटाले साढे ४ दशकदेखि आफू चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुसमा प्रदशन गर्न लागेको बाँस्कोटाले बताए । यो चलचित्रमा कथा, संगीत र गायन पनि बाँस्कोटाकै छ ।

मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चौका दाउमा वर्षा राउत, रवीन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायाकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा वसन्त श्रेष्ठ र भीमफेदी गाइज, गायनमा शम्भुजित बाँस्कोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ छन् । सौर्य प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रलाई काठमाडौं गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछन् ।

हेर्नुहोस्  ट्रेलर :

प्रतिक्रिया दिनुहोस